after_navbar

पृथ्वी राजमार्ग एकतर्फी सन्चालन


असोज १०, २०८३


धादिङ। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

बेनिघाट रोराङ गाउँपालिका-७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो। तत्काल दुईतर्फी सञ्चालनमा ल्याउन भने समस्या रहेको उनले बताए।

बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभर यातायात बन्द गरिएको थियो।

गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो। थप पहिरो नखसेमा आजैबाट नियमित रूपमा यातायात सञ्चालन गर्न सकिने वडाध्यक्ष बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="