after_navbar

एक महिनापछि बेपत्ता कामदार मृत फेला


४ घण्टा अगाडि


काठमाडौं,१६ चैत । एक महिना सात दिनदेखि सम्पर्कविहीन रहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार यमराज लिम्बू मृत फेला परेका हुन्।

ad


तेह्रथुमको म्याङलुङ नगरपालिका–१ गैरी गाउँ घर भएका ४० वर्षीय लिम्बू अपर तमोर जलविद्युत आयोजनामा कार्यरत थिए। उनको शव चैत १५ गते फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेन खोलामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी फागुन ८ गते फक्ताङलुङ–५ तापेथोकस्थित आयोजनाबाट घर जान्छु भनी हिँडेका थिए। लामो समयसम्म सम्पर्कमा नआएपछि चैत १ गते परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।

निवेदनपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो। चैत १५ गते मेथेन खोलामा बेवारिसे शव भेटिएको सूचनापछि प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले हुलियाका आधारमा शवको पहिचान यमराज लिम्बूकै भएको पुष्टि गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="