दाङ,४ असार । लायन्स क्लव अफ दाङको लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। क्लवको वर्ष २०२6/२६ को अध्यक्षमा लोकबहादुर बिष्ट निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमिति अन्तर्गत प्रथम उपाध्यक्षमा कोपाल रावत, द्वितीय उपाध्यक्षमा सरोजकुमार लामिछाने, तृतीय उपाध्यक्षमा कोमल डिसी चयन भएका छन् ।
त्यसैगरी सचिवमा रोमप्रसाद भट्टराई, सहसचिवमा माधव पोख्रेल, कोषाध्यक्षमा हरिश गिरी र सहकोषाध्यक्षमा सूर्यप्रसाद शर्मा निर्वाचित भएका छन् ।
अन्य विभिन्न पद तथा जिम्मेवारीहरूमा समेत क्लवका सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
क्लबले नयाँ नेतृत्वहरुलाई एक कार्यक्रमकाबिच पद हस्तान्तरण समेत गरेको छ। वर्ष २०२५/२६ का अध्यक्ष लायन बिनिल केसीको अध्यक्षतामा कार्यक्रम गरि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।
बुधबार लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन विनोदकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा वर्ष २०२६/२७ का नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तारण गरिएको हो।
कार्यक्रममा ध्रुव गौतम, क्लवका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लायन्स क्लव अफ दाङले सामाजिक सेवा, मानवीय सहयोग, नेतृत्व विकास तथा सामुदायिक हितका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष बिष्टले क्लवलाई अझ सक्रिय, प्रभावकारी र सेवामुखी बनाउँदै समाजसेवाका कार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । लायन्स क्लव अफ दाङको नयाँ नेतृत्व चयन तथा पद हस्तान्तरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस