after_navbar

ईट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक घाइते


चैत २, २०८२


दाङ,२९ चैत । दाङमा ईट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ मा रहेको सेवा ईट्टाभट्टामा आइतबार बिहान करिब ७ बजे पर्खाल भत्किँदा काम गरिरहेका मजदुरहरू च्यापिएका थिए। उक्त घटनामा परी भारतको बहराइच जिल्लाका ३० वर्षीय तिर्थराम पासवानको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।

ad

त्यस्तै, ३६ वर्षीय देवराज पासवान गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।मृतकको शव पोस्टमार्टमका लागि शवगृहमा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="