after_navbar

रसुवा बाढीप्रभावित तुलसीपुरका १० परिवारलाई सहयोग


मिनेट अगाडि


दाङ। गत भदौ १० गते रसुवामा आएको बाढीका कारण जनधनको क्षति बेहोरेका तुलसीपुरका १० घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको पहलमा वडा नम्बर १९ का ९ घरपरिवार र वडा नम्बर १८ का एक गरी १० घर परिवारलाई आर्थिक तथा राहत सामग्री सहयोग गरिएको हो।

नेवार संघ समितिका सदस्य तथा डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक पसलका सञ्चालक प्रकाश श्रेष्ठले ५५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। उक्त रकम बाढीमा परी मृत्यु भएका परिवारलाई प्रदान गरिएको हो।

त्यसैगरी, तुलसीपुर-६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछानेले १० वटै परिवारलाई एक/एक थान बलाङ्केट सहयोग गरेका छन्। तुलसीपुर–१९ गणेशगंगा आमा समूहले पनि बाढीपीडित नौ परिवारलाई एक/एक बोरा खाद्यान्न सहयोग गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता रहेको थियो। कार्यक्रममा वडा सदस्य पूर्णबहादुर बुढाथोकी र रेवती विक, तुलसीपुर-६ का निवर्तमान वडा अध्यक्ष नवराज लामिछाने, नेवार संघ समितिका जिल्ला उपाध्यक्ष पुष्कर श्रेष्ठ, नगर अध्यक्ष शिव श्रेष्ठ, नगर कोषाध्यक्ष राजकुमार श्रेष्ठ, नगर सदस्य प्रकाश श्रेष्ठ, नेकपा एमाले तुलसीपुर-१९ का वडा अध्यक्ष लोकबहादुर रोका, पूर्व जनप्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा वडा अध्यक्ष योगीले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने व्यक्ति, संस्था तथा दाताहरूलाई धन्यवाद दिए। उनले दुःखमा परेका परिवारलाई स्थानीय तह, सामाजिक संस्था, समूह तथा व्यक्तिबाट प्राप्त सहयोगले राहतसँगै मनोबल बढाउन मद्दत पुग्ने बताए।कार्यक्रमको सहजीकरण वडा सचिव सुनिता थापाले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

data-href="