after_navbar

सल्यान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु,४ घाइते


२२ घण्टा अगाडि


दाङ,२७ भदौ । सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका-५ की १८ वर्षीया विपना बुढाथोकी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार दुवै जनाको जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका थप चार जनालाई थप उपचारका लागि दाङ रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="