after_navbar

खोलाले बगाउँदा दुई जना बेपत्ता


मिनेट अगाडि


रुकुप पूर्व, २२ भदौ। रुकुम पूर्वमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्। पुथा उत्तरगंगा गाउँपालिका-६, मयाङका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही आइतबार दिउँसो साङ्खोलामा बगेर बेपत्ता भएका हुन्।

खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङ्खोलास्थित काठको पुलमा खुट्टा चिप्लिएर उनीहरू खोलामा खसेका थिए। खोलामा खसेलगत्तै दुवै जनालाई बगाएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो पौने ३ बजेतिर उनीहरू खोलामा खसेर बेपत्ता भएको सूचना प्रहरीले करिब ३ बजे प्राप्त गरेको थियो।

बेपत्ता दुवै जनाको खोजीका लागि आइतबार दिनभर ५१ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला प्रहरी प्रमुख डीएसपी पाण्डेको नेतृत्वमा ३३ जना नेपाल प्रहरी, नेपाली सेनाको चण्डीदल गण सुरक्षा गुल्मबाट सहायक सेनानी प्रदीप भण्डारीको कमाण्डमा ७ जना तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकीको कमाण्डमा ११ जना सुरक्षाकर्मी खोजीमा खटिएका थिए।

सुरक्षाकर्मी र स्थानीयवासीले दिनभर खोजी गरे पनि सेन र शाही फेला परेका छैनन्। प्रहरीले सोमबार पनि बेपत्ता दुवै जनाको खोजी कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="