after_navbar

नापी अधिकृत र सर्भेक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा


३ मिनेट अगाडि


काठमाडौ,२२ भदौ। जग्गा प्लट मिलान गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत र सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कलंकी नापी कार्यालयका तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने बहानामा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको उनीहरूमाथि आरोप छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका( साविक मच्छेगाउँ-ग) मा रहेको जग्गा हालसाविक तथा प्लट मिलानका लागि सेवाग्राही नापी कार्यालय पुगेका थिए।

त्यस क्रममा सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुसर रिसवत माग्दै बार्गेनिङ गरेको र दुःखहैरानी दिएको अख्तियारको ठहर छ।

अनुसन्धानका क्रममा उनीहरूले आफूहरू कानुनी कारबाहीबाट जोगिने बदनियत राखी रकम प्रत्यक्ष रूपमा नलिई कार्यालय सहयोगीमार्फत लिन मन्जुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ५० हजार रुपैयाँ बिगो कायम गरी सोहीबमोजिम जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="