after_navbar

पहिरोमा परी सल्यानका १७ वर्षीय मदनको मृत्यु


२ घण्टा अगाडि


दाङ,२३ भदौ । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-५, खारखोला अरिङ्गाले फेदीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-३, लाटाउनेका १७ वर्षीय मदन पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार सोमबार राति करिब १० बजे राप्ती राजमार्गमा पैदल पहिरो पार गर्ने क्रममा माथिबाट आएको पहिरोमा परी पुन गम्भीर घाइते भएका थिए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टोलीले पुनको उद्धार गरी एम्बुलेन्समार्फत श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पताल पुर्‍याएको थियो। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएका पुनको सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका-३ कै १८ वर्षीय सुनिल थापा घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा चोट लागेको छ। थापाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण उक्त क्षेत्रमा आवतजावतमा समेत समस्या भएको छ। प्रहरीले राजमार्गको पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाएर यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="