काठमाडौ,२८ वैशाख । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले संविधान र कानुनको परिधिभित्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसदहरूले महँगी नियन्त्रण गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारका सकारात्मक काममा समर्थन रहने बताउँदै संविधान र कानुनभन्दा माथि कोही नरहेको विषयमा ध्यान दिन आग्रह गरिन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनअपेक्षा सम्बोधन हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रेमप्रसाद दङ्गालले अध्यादेशमार्फत कानुन बनाउँदा संसद्को गरिमा कमजोर हुने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता महन्थ ठाकुरले संविधानप्रति असन्तुष्टि रहेको उल्लेख गर्दै संशोधनबाट ती विषय सम्बोधन हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय जनमोर्चाका नेता तुलप्रसाद विश्वकर्माले सुकुमबासी व्यवस्थापन र अध्यादेशजस्ता विषयमा सरकारका कामप्रति प्रश्न उठाएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस