व्यवस्था परिवर्तन मात्रले पुग्दैन, आचरण सुधार आवश्यक छ : राष्ट्रपति पौडेल
६ घण्टा अगाडि
काठमाडौ,१५ जेठ ।रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था परिवर्तन मात्रै पर्याप्त नहुने बताउँदै आचरण र शासनशैलीमा सुधार आवश्यक रहेको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार सुशासन, सेवा प्रवाह सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने निर्णय गरेको पनि उल्लेख गरे।
समारोहमा राष्ट्रपति पौडेलसँगै बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। यद्यपि प्रधानमन्त्री शाहले कार्यक्रमलाई सम्बोधन गरेनन् भने पुष्पकमल दाहाल अस्वस्थताका कारण उपस्थित हुन सकेनन्।
२०६५ साल जेठ १५ गते पहिलो संविधानसभाले राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। अहिले गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ।
प्रतिक्रिया दिनुहोस