after_navbar

आज विभिन्न ठाउँमा वर्षाको सम्भावना


जेठ २, २०८३


दाङ,२९ जेठ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने मधेसलगायत तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र तराई क्षेत्रका एक/दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="