काठमाडौ,१४ साउन। सिरहाको लहान क्षेत्रमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब २० वर्षीय गणेश यादव रहेका छन्। चेतराज बरालका अनुसार दुई समूहबीचको झडपका क्रममा उनी गम्भीर घाइते भएका थिए।
त्यसैगरी, गोलबजारमा बिहीबार मध्याह्न भएको अर्को झडपमा एक जना घाइते भएका छन्। स्थिति तनावग्रस्त बनेपछि प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस