after_navbar

अर्थमन्त्रीमाथि छानबिन समितीको माग


जेठ २, २०८३


काठमाडौ,२९ जेठ । विपक्षी दलका सांसदहरूले आर्थिक विधेयकमाथि भएको संशोधनबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। साथै सीमा समस्याबारे प्रधानमन्त्रीले नै स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले संसदमा दर्ता भइसकेको विधेयकमाथि कुनै प्रकारको चलखेल स्वीकार्य नहुने बताए।


नेकपा सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत विधेयकमा देखिएका कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने धारणा राखे। उनले अर्थमन्त्रीको जवाफले जनप्रतिनिधि संस्थाको सम्मान घटाएको टिप्पणी गरे।


एमालेका सांसद गुरुप्रसाद बरालले विगतका सबै विषयमा छानबिन गर्न प्रतिपक्ष तयार रहेको उल्लेख गर्दै अर्थमन्त्री केवल जवाफ दिँदै उम्कन नपाउने बताए र छानबिन समिति गठनको माग दोहोर्‍याए।
कांग्रेसका सांसद भरतबहादुर खड्काले राष्ट्रियता सम्बन्धी विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने बताउँदै नेपाल–भारत सीमा समस्या यथाशीघ्र समाधान गर्न आग्रह गरे।


श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलका कारण नेपाली प्रभावित भएको सूचना आएको उल्लेख गर्दै त्यस्ता गतिविधि रोक्न माग गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले पनि सीमा विवाद छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्

प्रतिक्रिया दिनुहोस

data-href="