after_navbar

वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए


जेठ ३१, २०८३


कैलाली,३१ जेठ ।कैलालीमा वन क्षेत्र अतिक्रमण हटाउने अभ क्रममा वनका कर्मचारीले एक टेम्पो भीरबाट खसालेको घटना सार्वजनिक भएको छ।

गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा सडक किनारामा सञ्चालनमा रहेको धनादेवी धामीको टेम्पो हटाउने क्रममा उक्त घटना भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कर्मचारीले टेम्पो धकेलेर भीरतर्फ खसालेको देखिन्छ।

पीडित धनादेवीका अनुसार उनले टेम्पोमा राखिएको सामान निकालेर घर लैजान खोज्दा पनि कर्मचारीले नमानेको र अन्ततः जबरजस्ती धकेलेर भीरमा खसालिएको हो।

तर डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक–पटक हटाउन आग्रह गर्दा अटेरी भएपछि अवस्था नियन्त्रण बाहिर गएको दाबी गरेका छन्। उनका अनुसार अतिक्रमण हटाउने क्रममा कर्मचारीमाथि गालीगलौज भएपछि टेम्पो धकेल्ने अवस्था बनेको हो।

घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक छानबिन भइरहेको जनाएको छ।

डिभिजन वन कार्यालयले भिमदत्त राजमार्ग आसपासका वन क्षेत्र अतिक्रमण हटाउने अभियान चलाइरहेको छ। सो क्रममा हालसम्म दर्जनौँ संरचना हटाइसकिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="