after_navbar

१४ जिल्लामा बाढीको जोखिम


१६ घण्टा अगाडि


दाङ,२२ असार । आज देशका १४ जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुर लगायतका क्षेत्रमा बहने साना नदीहरूको बहाव बढ्ने सम्भावना जनाएको हो ।

महाशाखाका अनुसार मुख्य नदीहरूको अवस्था भने अहिले सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। त्यस्तै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदी पनि हाल सुरक्षित अवस्थामै छन्।

भोलि र पर्सिको मौसम हेर्दा बाढीको जोखिम पूर्वी र मध्य क्षेत्रमा सर्ने देखिएको छ। असार २३ र २४ गते कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही साना नदीमा पानीको बहाव एक्कासी बढ्न सक्ने अनुमान गरिएको छ।

नदी किनार र जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="