after_navbar

अश्लील हर्कत गरेको आरोपमा सरकारी अधिकृत पक्राउ


११ घण्टा अगाडि


काठमाडौ,२२ असार ।सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गर्दै गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक सरकारी अधिकृत पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। उनलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित महिलाले उक्त आपत्तिजनक हर्कतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि प्रहरीले भट्टको पहिचान गरी पक्राउ गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको पुष्टि भएको छ। पक्राउ परेका भट्टलाई हिरासतमा राखी मुलुकी अपराध संहिता अनुसार कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="