after_navbar

पहिलो ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड  सुबेदीलाई


२ घण्टा अगाडि


​दाङ,१२ साउन । नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेशले पहिलो पटक स्थापना गरेको ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड–२०८२’ डिभिजनल वन अधिकृत (DFO) विजयराज सुबेदीलाई प्रदान गरिएको छ ।
वन क्षेत्रमा उत्कृष्ट व्यावसायिक योगदान पुर्‍याएबापत उहाँलाई नगद रु. ५० हजारसहित सम्मान सहित पुरस्कृत गरिएको नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशव खड्काले अताए वन प्राविधिकहरूको पेशागत योगदानको कदर गर्दै यस प्रकारको अवार्ड घोषणा तथा वितरण गरिएको वन क्षेत्रमै यो पहिलो  हो।
​सोमबार  आयोजित एक विशेष समारोहका बीच वन तथा वातावरण मन्त्रालय लुम्बिनीका सचिव प्रमोद भट्टराई, नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशव खड्का, संघका केन्द्रीय महासचिव गोविन्द दाहाल र वन निर्देशनालयका महानिर्देशक ईश्वरी पौडेलले संयुक्त रूपमा सुबेदीलाई उक्त पुरस्कार प्रदान गरेका हुन ।
​वन तथा वातावरण मन्त्रालय लुम्बिनीका सचिव प्रमोद भट्टराईलेले वन क्षेत्रमा सकारात्मक ऊर्जा र उत्प्रेरणा थप्ने विश्वास
​लिएको बताए । कार्यक्रमका प्रमुख अतिथि स्मेत रहेका भट्टराईले  राज्य तथा सम्बन्धित निकायले वन कर्मचारीहरूको योगदानको उचित मूल्याङ्कन गर्नुपर्ने बताए । “वन संरक्षण, दिगो वन व्यवस्थापन र जैविक विविधताको रक्षामा खट्ने जनशक्तिलाई सार्वजनिक रूपमा सम्मान गर्ने परम्पराले संस्थागत रूप लिनुपर्छ,” सचिव भट्टराईले भने , “यस्ता सम्मानले कार्यसम्पादनमा थप जिम्मेवारी र उच्च उत्प्रेरणा जगाउँछ।”
​नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशव खड्काले पहिलो संस्करणको सफलताले सम्पूर्ण वन प्राविधिक समुदायमा गौरव थपेको बताए । आगामी दिनमा पनि निष्पक्ष मूल्याङ्कनका आधारमा यो अवार्डलाई निरन्तरता दिँदै अझ प्रतिष्ठित बनाइने प्रतिबद्धता जनाए ।
​ संघका केन्द्रीय महासचिव गोविन्द दाहाल , वन निर्देशनालयका महानिर्देशक ईश्वरी पौडेलले उत्कृष्ट कार्य गर्ने प्राविधिकलाई पुरस्कृत गर्दा वन प्रशासनमा स्वस्थ प्रतिस्पर्धा, नवप्रवर्तन, र पेशागत उत्तरदायित्व अभिवृद्धि भई समग्र कार्यक्षमता बढ्ने धारणा राखे ।

​सम्मानित डिभिजनल वन अधिकृत विजयराज सुबेदी वन व्यवस्थापन, वन संरक्षण तथा अतिक्रमित वन क्षेत्र पुनर्बहालीका क्षेत्रमा उल्लेखनीय कार्यका लागि परिचित छन लुम्ब्मा वन नीति निर्माणमा समेत सुबेदीको भूमिका महत्वपूर्ण छ ।
​ सुबेदीले यो सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण वन प्राविधिक समुदायको साझा सम्मानका रूपमा लिएको बताए। “यस सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,” सुबेदीले भने , “आगामी दिनमा जनसहभागितामा आधारित दिगो वन व्यवस्थापन र संरक्षणमा अझ सशक्त रूपमा समर्पित रहनेछु।”
​नेपाल वन प्राविधिक संघ लुम्बिनीले  वन क्षेत्रका दक्ष र इमानदार प्राविधिकहरूको मनोबल उच्च राख्न आगामी वर्षहरूमा पनि यो पुरस्कारलाई नियमित रूपमा प्रदान गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="