after_navbar

सुनको मूल्यमा भारी गिरावट: एकैदिनमा ५ हजार ८०० रुपैयाँले घट्यो


१४ घण्टा अगाडि


काठमाडौं, ८ साउन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८०० रुपैयाँले घटेको हो।

आजका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो। गत माघ १५ गते भने सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ।

​त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५५ रुपैयाँले घटेर आज चाँदी ४ हजार ३५० रुपैयाँ मा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="