काठमाडौ,८ भदौ । स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको गल्याङ नगरपालिका-८ करादीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।
सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका-९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र घाइते १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको परिचय खुल्न सकेको छैन।
दुर्घटनाको कारण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस