काठमाडौ,३ भदौ ।बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको आरोपमा दुईजना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिकका १६ वर्षीय सहचालक सुमन थापा र म्याजिक धनी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन ३१ गते घरबाट हराएकी बालिका मंगलबार भक्तिनगरस्थित एक घरको खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
थापाले चकलेटको प्रलोभन देखाएर बालिकालाई घटनास्थलमा लगेको र जबर्जस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस