after_navbar

दुई दिनदेखि बेपत्ता बालकको सामुदायिक वनबाट उद्दार


३ घण्टा अगाडि


दाङ,४ भदौ । प्रहरीले दुई दिनदेखि बेपत्ता भएका दुई वर्षीय बालकको सकुशल उद्धार गरेको छ। पूर्व नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका- १४ भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङलाई सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।

भदौ २ गते बिहान करिब ७ बजे बालककी हजुरआमा हेमकुमारी आले घरनजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि नाति घरमा नभएको थाहा पाएपछि स्थानीय बासिन्दा र आफन्तले खोजी सुरु गरेका थिए।

वन क्षेत्रमा खोजी गर्दा पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराइएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गर्ने क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालकलाई गैँडाकोट-१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारेका हुन्।

बालक सकुशल रहेको र आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="