after_navbar

तुलसीपुरमा केल्मीको सोरुम सञ्चालन


२१ घण्टा अगाडि


दाङ,१ भदौ । दाङको तुलसीपुरमा केल्मी नेपालको नयाँ सोरुम सन्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका- ५ बाहिनी चोकदेखि पूर्वतर्फ करिब एक करोड रुपैयाँको संयुक्त लगानीमा केल्मी नेपालको नयाँ सोरुम सञ्चालनमा आएको छ।

सन्दिप विक्रम राणा र प्रमोद विक्रम राणाको संयुक्त लगानीमा सञ्चालनमा आएको सोरुमको नागपञ्चमीको अवसर पारेर सन्दिप विक्रम राणाकी छोरी सिभान्सी राणाले उद्घाटन गरेकी हुन्।

राणा परिवारले यसअघि करिब आठ वर्षदेखि बाहिनी चोकमा ‘डी प्लस मेन्सवेयर’ सञ्चालन गर्दै आएको थियो। व्यवसाय विस्तार गर्ने उद्देश्यले नयाँ व्यवस्थापन र ब्रान्डका साथ केल्मीको सोरुम सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन्।

सोरुमबाट ग्राहकलाई गुणस्तरीय तथा ब्रान्डेड कपडा र अन्य सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालक सन्दिप विक्रम राणाले बताए। ग्राहकको आवश्यकता र गुणस्तरीय सेवामाथि प्राथमिकता दिँदै व्यवसाय अघि बढाउने उनको भनाइ छ।

सोरुम उद्घाटन कार्यक्रममा तुलसीपुरका विभिन्न सामाजिक तथा व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वीरबहादुर भण्डारी ‘मोहन’ले नयाँ व्यवसायको सफलताको शुभकामना दिँदै ग्राहकको विश्वास, गुणस्तरीय सेवा र व्यावसायिक अनुशासनलाई प्राथमिकता दिन सुझाव दिए।

तुलसीपुरमा पछिल्लो समय नयाँ व्यवसाय तथा ब्रान्डेड आउटलेट थपिने क्रम बढिरहेका बेला करिब एक करोड रुपैयाँको लगानीमा केल्मीको सोरुम सञ्चालनमा आउनुलाई स्थानीय व्यवसायिक क्षेत्रको विस्तारका रूपमा हेरिएको छ। नयाँ सोरुमले तुलसीपुर तथा आसपासका ग्राहकलाई ब्रान्डेड सामग्री सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="