after_navbar

सिढी चढ्ने क्रममा लडेर मेयर खड्का घाइते


२३ घण्टा अगाडि


दाङ,१६ भदौ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का घरमा काम गर्ने क्रममा लडेर घाइते भएका छन्।

मंगलबार बिहान आफ्नै घरको छानोमा चढ्ने क्रममा अचानक सन्तुलन गुमाएर खड्का तल खसेका हुन्। घरको छानोमा चढ्ने क्रममा काठको सिँढीबाट खसेर उनी घाइते भएको सचिवालयले जनाएको छ।

लडेर घाइते भएका नगरप्रमुख खड्काको एक खुट्टामा गम्भीर चोट लागेको छ। चिकित्सकले खुट्टा भाँचिएको पुष्टि गरेका छन् भने अर्को खुट्टामा समेत चोट लागेको सचिवालयले जनाएको छ।

घाइते खड्कालाई तुलसीपुरस्थित सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। नेपालगञ्जमै उनको खुट्टाको थप उपचार गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ।

खड्का दमको समस्याबाट समेत पीडित रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="