after_navbar

बाढीको १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार


२० घण्टा अगाडि


काठमाडौ,१९ भदौ भोटेकोसीमा बाढी आउदा सुरुङमा फसेका दुईजनाको १० दिनपछि दुई जनाको जीवितै उद्धार गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कविर महर्जनलाई शुक्रबार बिहान त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएको हो।

भदौ १० गते बिहान तिब्बततर्फबाट आएको भीषण बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धारका क्रममा उनीहरूलाई सुरुङबाट बाहिर निकालेको हो।

उद्धारपछि नेपाली सेनाले घटनास्थलमै उनीहरूको प्राथमिक उपचार गरेको थियो। त्यसपछि हेलिकप्टरमार्फत थप उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको छ।

सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="