दाङ, १९ भदौ । दाङका विभिन्न सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा १० थान भरुवा बन्दुक बरामद गरेको छ।
शुक्रबार बिहान ५ः३० देखि ८ बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार बबई गाउँपालिका-४ स्थित चितलगैरा सामुदायिक वनबाट चार थान, बबई गाउँपालिका-२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक थान र लमही नगरपालिका-३ स्थित जखेरा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद गरिएको हो।
बरामद बन्दुक कसले र के प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस