after_navbar

सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार


५ मिनेट अगाडि


रसुवा,२१ भदौ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ।

फुर्पु यामोले गत्लाङ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन्। तर, सुत्केरी महिला र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो।

उनीहरूलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि लगिएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ। सडकमार्गबाट तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन सम्भव नभएपछि आमा र शिशुको हवाई उद्धार गरिएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="