after_navbar

प्रधानमन्त्री बालेन शाह र कार्यवाहक अमेरिकी राजदूतबिच सिंहदरबारमा भेटवार्ता


७ मिनेट अगाडि


काठमाडौं, ३१ भदौ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

​भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा अमेरिकी सरकारले नेपालप्रति देखाएको ऐक्यबद्धता तथा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे। उनले पछिल्लो प्राकृतिक विपद्का कारण नेपाली नागरिकका साथै विदेशी नागरिकहरूसमेत प्रभावित भएको बताउँदै यो समस्या जलवायु परिवर्तनको प्रत्यक्ष असर भएको उल्लेख गरे। जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र प्रभाव सम्बोधनका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

​नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यस क्षेत्रको विकासमार्फत दुवै देशले पारस्परिक लाभ हासिल गर्न सक्ने अवसरबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीलाई सधैँ स्वागत गरिने स्पष्ट पारे।

​सो अवसरमा कार्यवाहक राजदूत मेगन बोल्डिनले रसुवामा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन। अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै उनले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यहरूमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तत्पर रहेको जानकारी गराइन।

प्रतिक्रिया दिनुहोस

data-href="