सुर्खेत । फरुवा प्रहारबाट सुर्खेतमा एक महिलाको हत्या भएको छ। जिल्लाको चौकुने गाउँपालिका-५ रेक्चामा श्रीमानले फरुवा प्रहारबाट श्रीमतीको हत्या भएको हो।
प्रहरीका अनुसार ३२ वर्षीय गोपीराम जैसीले मंगलबार बिहान करिब सवा १० बजे घरमै ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवाले प्रहार गरेका थिए। गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनापछि प्रहरीले गोपीरामलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा सात सदस्यीय टोली घटनास्थलमा खटिएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस