after_navbar

कालीगण्डकी ‘ए आयोजनाबाट विद्युत उत्पादनको तयारी


१ घण्टा अगाडि


काठमाण्डौ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम न्यूनीकरणका लागि आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको थियो।

अहिले नदीको जलसतह घट्दै गएपछि आयोजनाले बाढीपछिको अवस्थाको निरीक्षण गरी विद्युत् उत्पादन पुनः सञ्चालन गर्न लागेको हो।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेको छ। उहाँका अनुसार नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन विद्युत् उत्पादन बन्द गरिएको थियो।

बाढीका बेला मिर्मीस्थित आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा छाडिएको थियो। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="