after_navbar

दाङमा सबै सवारीसाधन सञ्चालन


२ घण्टा अगाडि


दाङ ।जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन आज बिहानदेखि सुचारु भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले आइतबार सूचना जारी गर्दै मौसममा क्रमिक सुधार हुँदै गएकाले सोमबार (आज) बिहान ६ बजेदेखि जिल्लाभित्र सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालन गरिने जनाएको थियो।

सूचना जारी भएसंगै आज बिहानदेखि जिल्लामा सवारी आवागमन सुचारु भएको छ । कार्यालयले सडकको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै सवारी चालक तथा यात्रुलाई सतर्क र सुरक्षित भई यात्रा गर्न आग्रह गरेको छ।

साथै, ट्राफिक संकेत तथा सूचनालाई गम्भीरतापूर्वक पालना गर्नसमेत अनुरोध गरिएको छ।

सवारी आवागमनसम्बन्धी जानकारी तथा आपत्कालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

data-href="