after_navbar

सातै प्रदेशका डीआईजी हेडक्वाटर बोलाइए


१ घण्टा अगाडि


काठमाडौ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई नेपाल प्रहरी प्रधान कार्यालय बोलाएका छन्।

आईजीपी कार्कीले दिउँसो २ बजेका लागि पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)को बैठक बोलाएका छन्। सामान्यतया पीसीसी बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी सहभागी हुने व्यवस्था छ।

तर यसपटक सातै प्रदेशका डीआईजीलाई पनि प्रधान कार्यालय बोलाइएको छ। उनीहरूलाई किन बोलाइएको हो भन्ने विषयमा भने आधिकारिक रूपमा कुनै जानकारी दिइएको छैन।

प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई सोमबार नै काठमाडौं आउन निर्देशन दिइएको थियो। त्यसअनुसार केही अधिकारी राजधानी पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन्।

प्रतिक्रिया दिनुहोस

data-href="