काठमाडौ । मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई नियन्त्रणमा लिइएको हो। उनलाई कहाँबाट र कहिले पक्राउ गरिएको भन्ने विवरण भने सार्वजनिक भएको छैन।
यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
अर्यालको पक्राउसँगै वैदेशिक रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धान प्रशासनिक तहका उच्च अधिकारीसम्म पुगेको छ।
प्रतिक्रिया दिनुहोस