after_navbar

खाना नपाएको भन्दै होल्डिङ सेन्टरमा सुकुम्बासीको थाल बजाएर प्रदर्शन


१ घण्टा अगाडि


काठमाडौ। भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीले खाना नपाएको भन्दै थाल बजाएर प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहानदेखि खाना उपलब्ध नगराइएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । होल्डिङ सेन्टरबाट बाहिर निस्किएर उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै थाल बजाएर विरोध जनाएका छन् ।

सरकारले शुक्रबार होल्डिङ सेन्टर खाली गराउने तयारी गरेपछि बिहीबारदेखि नै त्यहाँ खाना उपलब्ध गराउन छाडिएको बताइएको छ । केहीले आफैँ खाना पकाएर खाए पनि अधिकांशले भने खाना नखाएको जनाइएको छ ।

यसअघि होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई शान्ति सेवाले खाना खुवाउँदै आएको थियो ।

सरकारले दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ । तर, त्यहाँ रहेका सुकुम्बासीले भने आफूहरू स्थान नछाड्ने अडान लिँदै विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="