समाचार

प्रदेश ५ को नाम र राजधानी प्रस्तावमा आज मतदान हुदै

दाङ। प्रदेश पाँच सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावमा आज मंगलबार मतदान हुने भएको छ।  संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशसभाको दुई तिहाइबाट प्रदेशको नाम र राजधानी तोक्ने प्रावधानअनुसार मतदान हुँदैछ। जसका लागि आज १२ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। प्रदेशसभामा सोमबार प्रस्तावमाथिको छलफल सकिएपछि आज मतदान हुन थालेको हो। … Continue reading प्रदेश ५ को नाम र राजधानी प्रस्तावमा आज मतदान हुदै

थप पढ्नुहोस् »

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

दाङ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गयको छ । तुलसीपुरको शान्तिदिप प्राविधिक शिक्षालयका प्रिन्सिपल २९ वर्षीय वसन्त भण्डारीको ज्यान गएको हो । सोमबार राति १२ बजेतिर तुलसीपुर ८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्वरको मोटरसाईकल गहतेखोला पुलमा दुर्घटना हुँदा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । … Continue reading तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

सन्दीप आवद्ध दिल्लीको उत्कृष्ट प्रदर्शन, बेङ्लोर विरुद्ध फराकिलो जित

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले चौथो जित हात पारेको छ । राति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ५९ रनको फराकिलो अन्तरले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनायो । जितका लागि १९७ … Continue reading सन्दीप आवद्ध दिल्लीको उत्कृष्ट प्रदर्शन, बेङ्लोर विरुद्ध फराकिलो जित

थप पढ्नुहोस् »

दाङमा थपिए २६ जना कोरोना संक्रमित

दाङ । दाङमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका ३, घोराहीका १२, शान्तिनगरका १ र लमहीका १० गरि २६ जनामा संक्रमण देखिएको हो । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या १ हजार २३२ पुगेको छ ।

थप पढ्नुहोस् »

प्रसुति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिईन

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्। सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए। पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित … Continue reading प्रसुति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिईन

थप पढ्नुहोस् »

थप २४४० जनामा संक्रमण

काठमाण्डाै । नेपालमा गएको २४ घण्टामा २ हजार ४४० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १३ हजार ७८१ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार चार सय ४० जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा १ हजार १३३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६५ हजार दुई सय … Continue reading थप २४४० जनामा संक्रमण

थप पढ्नुहोस् »

प्रदेशसभामा कांग्रेस सांसदद्वारा तोडफोड

रूपन्देही । प्रदेश ५ को प्रदेशसभामा विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच … Continue reading प्रदेशसभामा कांग्रेस सांसदद्वारा तोडफोड

थप पढ्नुहोस् »

नाराबाजीका बिच प्रदेश सभा चालु

रूपन्देही । ५ नम्बर प्रदेश सभाको दोस्रो बैठक सुरु भएको छ । बैठक सुरु हुने वित्तीकै कांग्रेस र जनता सामाजबादी पार्टीका सांसदले नाराबाजी र विरोध गरेका छन् । तर नाराबाजी विच सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र केन्द्रको बिषयमा छलफलको लागि प्रस्ताप पेश गरेका … Continue reading नाराबाजीका बिच प्रदेश सभा चालु

थप पढ्नुहोस् »