after_navbar

सन्दीप आवद्ध दिल्लीको उत्कृष्ट प्रदर्शन, बेङ्लोर विरुद्ध फराकिलो जित


असोज २०, २०७७


दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले चौथो जित हात पारेको छ ।

राति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ५९ रनको फराकिलो अन्तरले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनायो ।

जितका लागि १९७ रनको लक्ष्य पाएको बेङ्लोरले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो ।

दिल्लीका लागि पृथ्वी शाले ४२, शिखर धवनले ३२, क्याप्टेन श्रेयस आएरले ११ र रिसब पन्तले ३७ रन जोडे । यस्तै मर्कुस स्टोनिसले नटआउट ५३ र सिमरन हेटमाएरले नटआउट ११ रन जोडेका थिए ।

बेङ्लोरलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका कगिसो रबडाले ४, एनरिच नोर्टजे र अक्षर पटेलले २/२ र रविचन्द्र अश्विनले १ विकेट लिएका थिए ।

त्यसैगरी बेङ्लोरका क्याप्टेन विराट कोहलीले ४३, वासिङ्टन सुनदरले १७, आरोन फिन्चले १३, नवदिप सैनिले १२, मोइन अलि र शिवम् दुवेले ११/११ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

यस्तै बेङ्लोरका मोहम्मद शिरजले २, इसुरु उडना र मोइन अलिले दिल्लीको १/१ विकेट लिएका थिए ।

यो जितसँगै दिल्ली क्यापिटल्स ८ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ भने बेङ्लोर ६ अंकका साथ तेस्रो स्थानमा रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस

data-href="