फिचर

बसको ठक्करबाट बालकको मृत्यु

दाङ,१६ पुस।  दाङमा बसको ठक्करबाट एक बालकको भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासमा बसले ठक्कर दिँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  तुलसीपुरबाट घोराहीतर्फ आउँदैगरेको भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव … Continue reading बसको ठक्करबाट बालकको मृत्यु

थप पढ्नुहोस् »

कोभिड विरुद्धको ४० लाख खोप नष्ट गरिदै

दाङ,१६ पुस। कोरोना भाइरस विरुद्धको ४० लाख खोप नष्ट गरिने भएको छ। चीन सरकारले निस्शुल्क दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको म्याद सकिएपछि खोप नष्ट गर्न लागिएको हो । खोप प्रयोग नगरी नै म्याद सकिएपछि ४० लाख मात्रा खोप नष्ट गरिने भएको हो । समयमा प्रयोग नगरेका कारण ४० लाख मात्रा खोप खेर गएको हो । … Continue reading कोभिड विरुद्धको ४० लाख खोप नष्ट गरिदै

थप पढ्नुहोस् »

बालकुमारी घटना छानबिन गर्न आयोग गठन गरिने

दाङ, १५ पुस। ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानबिन गर सरकारले उच्च स्तरीय आयोग बनाउने भएको छ। आइतबार सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च स्तरीय छानबिन बनाउने जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोग ऐन ,२०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग … Continue reading बालकुमारी घटना छानबिन गर्न आयोग गठन गरिने

थप पढ्नुहोस् »

लुम्बिनीको विषयगत समिती सभापतिको निर्वाचन स्थगित

दाङ,१५ पुस। लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ । यही १७ गर्ने सभापतिको निर्वाचन विशेष कारण देखाउँदै सभामुख तुलारामको घर्तीको निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन … Continue reading लुम्बिनीको विषयगत समिती सभापतिको निर्वाचन स्थगित

थप पढ्नुहोस् »

विद्युतीय चुुलो प्रर्दशनी तथा अभिमुखीकरण

दाङ,१५ पुस। दाङको घोराहीमा एकदिने विद्युतीय चुलो प्रदर्शनी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अजम्वरी विकास फाउण्डेशन , विकास यात्रा नेपाल , स्वच्छ नेपाल र क्लिन इनर्जी एण्ड इन्भारोमेन्ट प्रालीको संयुक्त साझेदारीमा उक्त अभिमुखीकरण गरिएको हो   । दाङ र कपिलवस्तुु जिल्लामा संचालन हुुन लागेको विद्युुतिय चुलो परियोजना कार्यक्रम अन्तर्गत घोराहीमा आईतवार विद्युुतीय चुलो प्रदर्शनी … Continue reading विद्युतीय चुुलो प्रर्दशनी तथा अभिमुखीकरण

थप पढ्नुहोस् »

बालकुमारी घटनाका मृतकको परिवारलाई सरकारले १०-१० लाख राहत दिने

दाङ,१४ पुस। ललितपुरको बालकुमारीमा मृत्यु भएका दुइ युवकको परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ।प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०र१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले … Continue reading बालकुमारी घटनाका मृतकको परिवारलाई सरकारले १०-१० लाख राहत दिने

थप पढ्नुहोस् »

राष्ट्रिय सभा सदस्य निर्वाचन: निर्वाचन अधिकृत नियुक्त

दाङ,१३ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्।निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो। ती अधिकृतले … Continue reading राष्ट्रिय सभा सदस्य निर्वाचन: निर्वाचन अधिकृत नियुक्त

थप पढ्नुहोस् »

आँखाको ज्योती फर्कने भएपछि ….

उमा भण्डारी दाङ,११ पुस ।जुम्लाको तिला गाउँपालिका-१ पिरु बस्ने बिक्रम बस्नेत यतिवेला आँखा उपचारका लागि तुलसीपुर स्थित राप्ती आँखा अस्पतालमा छन् । आँखाको नानि पग्लिएर कामै नलाग्ने भएपछि उपचारका लागि उनी राप्ती आँखा अस्पताल पुगेका हुन् । जथाभावी औषधीको प्रयोगले उनको आँखाको नानी पग्लिएर ज्योती नै गुमेको छ । आर्थिक समस्या र गरिविका कारण जीवीकोपार्जन … Continue reading आँखाको ज्योती फर्कने भएपछि ….

थप पढ्नुहोस् »

घुस लिएको आरोपमा पुर्व रजिस्ट्रार पक्राउ

दाङ, ११ पुस । १ करोड  २५ लाख रुपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रार कार्यालय गण्डकीका पुर्व रजिस्ट्रार उदय पराजुली पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते … Continue reading घुस लिएको आरोपमा पुर्व रजिस्ट्रार पक्राउ

थप पढ्नुहोस् »

राहुल गान्धीले भारत न्याय यात्रा निकाल्दै

दाङ,११ पुस। कांग्रेस आईका नेता राहुल गान्धीले भारत न्याय यात्रा निकाल्ने भएका छन्  उनले भारतको  मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका हुन् । यो यात्रा १४ जनवरीबाट सुरु हुनेछ र २० मार्चसम्म जारी रहनेछ। कांग्रेस महासचिव केसी वेणुगोपालले बुधबार पत्रकार सम्मेलन गरेर भ्रमणको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘डिसेम्बर २१ मा, … Continue reading राहुल गान्धीले भारत न्याय यात्रा निकाल्दै

थप पढ्नुहोस् »