फिचर

अलपत्र २३४ सडक–पुलका ठेक्का तोडिने

काठमाडौँ,११ असोज। सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २सय ३४ सडक र पुलका ठेक्का तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले … Continue reading अलपत्र २३४ सडक–पुलका ठेक्का तोडिने

थप पढ्नुहोस् »

मधेसमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी : चार दल सहमत

काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको थियो । जनमत पार्टीका नेता महेश यादवका अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भइसकेको छ । उनले भने, … Continue reading मधेसमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी : चार दल सहमत

थप पढ्नुहोस् »

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ । पूरक परीक्षा साउन २९ देखि भदौ … Continue reading एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

थप पढ्नुहोस् »

महिला रोजगारी र प्रभावित उद्योगलाई सहुलियत कर्जा सुविधा

काठमाडौँ,११ असोज । महिला रोजगारीलाई प्राथमिकता दिने उद्योगलाई सहुलियत कर्जा सुविधा उपलव्ध गराइने भएको छ । कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनअनुसार न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने … Continue reading महिला रोजगारी र प्रभावित उद्योगलाई सहुलियत कर्जा सुविधा

थप पढ्नुहोस् »

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा स्थापना भएको क्याम्पस अहिले आन्तरिक स्रोतको अभावमा गुज्रिरहेको छ । क्याम्पस प्रमुख कृष्णकान्त आचार्यका अनुसार क्याम्पस सञ्चालनका लागि मासिक करिब रु चार लाख … Continue reading आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

थप पढ्नुहोस् »

वर्षा नभएसम्म बाटो अब सहज छ: सडक विभाग

काठमाडौ,१० असोज । सडक विभागले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ। मुलुकका अधिकांश मुख्य राजमार्गमा पहिरो पन्छाएर सुधारको काम सकिएपछि यात्रुलाई अब सास्ती नहुने विभागले दाबी गरेको हो। यसअघि पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो कठिनाइ भोग्नुपरेको थियो। मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरूलाई … Continue reading वर्षा नभएसम्म बाटो अब सहज छ: सडक विभाग

थप पढ्नुहोस् »

दुई महिनाभित्र दर्ता अभिलेखिकरण नगरे कारबाही गरिने

काठमाडौं,१० असोज । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले अब ६० दिनभित्र सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने भएको छ। प्राधिकरणले हालै संशोधित दर्ता अभिलेखीकरण मापदण्ड २०८२ लागू गर्दै दर्ता नगर्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको हो। यससँगै ३० प्रतिशतभन्दा बढी बचत तथा ऋण कारोबार गर्ने सहकारीले दर्ता अनिवार्य रूपमा गर्नुपर्नेछ। दर्ता गर्दा १ … Continue reading दुई महिनाभित्र दर्ता अभिलेखिकरण नगरे कारबाही गरिने

थप पढ्नुहोस् »

मन्त्रिपरिषद्का १९ निर्णयहरु

काठमाडौं ,१० असोज । मन्त्रिपरिषद्को बैठकले १९ बुँदे निर्णय गरेको छ । बिहीवार गरिएका ती निर्णय शुक्रबार सार्वजनिक गरिएको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार पहिलो बुँदामा नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ । सो नियमावलीअनुसार … Continue reading मन्त्रिपरिषद्का १९ निर्णयहरु

थप पढ्नुहोस् »

घर भत्किदा एकजनाको मृत्यु

काठमाडौ,१० असोज । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। पुरानो घर भत्किँदा ५२ वर्षीय राजे परियारको निधन भएको वडाध्यक्ष सुविन ढुङ्गानाले जानकारी दिए। काठको संरचना र टायलले छाएको उक्त घरमा एक्लै बस्दै आएका परियार सँधै त्यही घरमै सुत्ने गरेका थिए। बिहीबार राति घर भत्किँदा मूल खाँबो र टायलले किचेर परियारको … Continue reading घर भत्किदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

एमसीसीअन्तर्गत ३१५ किमि प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं,१० असोज । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका सम्पूर्ण सम्झौता सम्पन्न गरेको छ। सम्झौताअनुसार आशिश-बोज्लर संयुक्त उपक्रमले लप्सीफेदी सबस्टेसनदेखि रातमाटे हुँदै नयाँ हेटौंडा सबस्टेसनसम्म ११७ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ। करिब ७६६.५० लाख अमेरिकी डलर लागतको यो ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दिइएको हो। हस्ताक्षर कार्यक्रममा … Continue reading एमसीसीअन्तर्गत ३१५ किमि प्रसारण लाइन निर्माण सम्झौता

थप पढ्नुहोस् »