after_navbar

दाङमा एक लाख बढी नगदसहित ५ जुवाडे पक्राउ


असार १६, २०७८


दाङ। दाङमा एक लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।
जुवाडेको साथबाट एक लाख ९ हजार चार सय ७० रुपैंयाँ नगद बरामद भएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा खटेको प्रहरी टोलीले कटकुँईयाका बिष्णुप्रसाद शर्माको घरबाट जुबाडेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ३० वर्षीय समिर केसी, ४३ वर्षीय केशव बिक, तुलसीपुर ८ का ३३ वर्षीय ईश्वरीप्रशाद भुसाल, २७ वर्षीय दुर्गाप्रसाद डाँगी र ३७ वर्षीय सुमन चौधरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले  शर्माको घरमा जुवा खेलिरहेको सूचनाका अधारमा मंगलबार राति ११ बजेतिर उनीहरुलाई पक्राउ गरेका हुन्।पक्राउ परेकाहरुलाई इप्रका तुलसीपुरको थुनामा राखेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="