भकुन्डेबेसि जेसिजको १२औँ तथा भकुन्डेबेसि जुनिएर जेसिजको ९ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष श्रिहरि अधिकारीले बर्ष २०२४ का लागि नव निवार्चित अध्यक्ष खुम भण्डारीलाई सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्यक्ष भण्डारीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
कार्यक्रममा भकुन्डेबेसि जेसिज वर्ष २०१८ अध्यक्ष रूकमणि सिग्देलले आफ्नो ससुराको स्मृतिमा स्थापित पुरस्कारबाट कृषि उद्धमि लाई नगद सहित सम्मान गरेकि थिईन् ।
साथै नमोबुद्द नगरमालिकाका मेयर कुन्सांग लामालाई भकुन्डेबेसि जेसिजको मानार्थ सदस्य द्वारा सम्मान गरिएको थियो
पद ग्रहण गर्दै २०२४ का अध्यक्ष खुम भण्डारीले आफ्नो कार्यकालमा गरिने कार्यक्रमहरु प्रस्तुत गर्दै २०२४ मा राष्ट्रिय अध्यक्षको प्रकरणमा रहेर आफ्नो प्रकरणलाई जोड्दै जेसिजको चार सेक्टरमा काम गर्ने प्रतिबद्दता जनाए।
कार्यक्रमका प्रमुख अतिथी कुन्सांग लामाले जेसिजसंग आफ्नो छुट्टै सम्बन्ध रहेको भन्दै २०२४ मा नगरपालिकाले मिलेर काम गर्न तयार रहेको बताएका थिए । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोखरेलले भिडियो मन्तव्य मार्फत जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै उद्यमशिल बन्न सहयोग गर्ने सामाजिक संस्था रहेको बताए । दैनिक ठूलो संख्या युवाहरु विदेश पलायन भइरहेको भन्दै अध्यक्ष पोखरेलले युवाहरुलाई स्वदेशमै उद्यमी बन्न जेसिजले प्रेरित गर्ने बताए ।
बर्ष २०२३का अध्यक्ष श्रिहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम २०२१ का अध्यक्ष जेसि सुर्दशन चिमौरियाले सञ्चालन गरेका थिए भने कार्यकारीणी उपाध्यक्ष सरोज साप्कोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस