उनको सम्झनामा ‘यो प्रेम दिवस’


फागुन ०२, २०८०


दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ । हुन त प्रेम भन्ने कुरा कुनै एक दिनको लागि हुँदैन । कुनै एक ठाउँका लागि र कुनै एक जोडिका लागि पनि हुँदैन । प्रेम सबैका लागि सँधैभरी विशेष हुने गर्दछ । यो त भावनाको उत्कृष्ट रूप हो। यो हरेक उमेर समूहका फरक फरक व्यक्तिहरू बीच हुने गर्दछ। यद्यपि यो विशेष दिनमा प्रेमीप्रेमिकाहरू कुनै विशेष ठाउँमा गएर आफ्ना भावनाहरू साटासाट गरी यो दिनलाई यादगर बनाउने गर्दछन्।

आजभोलि सामाजिक सञ्जालले गर्दा हो वा वैश्य युगको समयले गर्दा हो। प्रेम शब्दको परिभाषा र व्यवहारिकतामा परिवर्तन आएको छ। पछिल्लो समय युवापुस्ता बीच “फ्रेन्ड्स विथ बेनिफिट्स” भन्ने भावनाको विकास भएको छ। उनीहरू बीच सोसल मिडिया मार्फत एक अर्कामा आकर्षण बढ्ने र एकले अर्काबाट कसरी हुन्छ फाइदा लिने मनोविज्ञान हावी भएको छ। जसले गर्दा हप्ता वा महिना पिच्छे शारीरिक सम्बन्ध राख्ने र एकले अर्कोबाट फाइदा लिँदै छुट्टिने ट्रेनको विकास भएको छ।


भर्चुअल दुनियाको संसारबाट जब उनीहरु यथार्थतामा आउँछन्। त्यसपछि उनीहरूबीच दुरी बढ्दै जान्छ। किन आजभोलि मानिसहरू आत्मैदेखि प्रेम गर्न हिच्किचाउँछन्? किन प्रेममा मानिस भावनात्मक रुपमा निकै कमजोर हुन्छन् भन्ने सन्दर्भमा अहिले सोच्न आवश्यक छ। हाम्रो पारिवारिक एवं सामाजिक वातावरण, संस्कार र संस्कृतिले पनि प्रेमलाई बुझ्ने दृष्टिकोणमा फरक पार्दछ।

प्रेम र विवाह नितान्त फरक कुरा हुन्। विवाह एउटा सामाजिक सम्झौता र बन्धन हो तर प्रेम भावना र संबेदनशीलताको उच्चतम अवस्था हो। सबै प्रेम विवाहमा परिणत हुन आवश्यक छैन। यद्यपि प्रेमिल जोडीहरू बीच विवाह भएमा सुनमा सुगन्ध हुन्छ । प्रेमिकाले आफ्नो जीवनको सुरक्षा हुने नदेखेसम्म विवाह गर्न राजी हुँदैनन्। उनीहरूले आफ्नो जीवनमा सेफ ल्यान्डिङ चाहन्छन् । आफ्नो प्रेमीले आफूलाई सुख र खुसीसाथ राखोस् भन्ने हरेक प्रेमिकाको चाहना हुन्छ। त्यसैले मानिसहरू सामाजिक रूपमा सेटल भएको जिम्मेवारी बोध गर्न सक्ने व्यक्तिसँग विवाह गर्न चाहन्छन् तर प्रेम जुनसुकै उमेर समूहका जो कोहीसँग हुन सक्छ।
जबसम्म उसको सम्मान, स्वतन्त्रता र खुसीलाई आफ्नै सम्झेर महसुस गर्न सकिँदैन तबसम्म त्यहाँ साँचो प्रेम भएको महसुस गर्न सकिँदैन। प्रेममा शरीर मात्र दुईवटा तर मन एउटै हुन्छ ।

सन् २०१७ तिर म सामाजिक सञ्जालको युगमा प्रवेश गरेको थिए। सन् १८ तिर अध्ययन र कामको सिलसिलामा म विदेश आएको थिए। विदेशमा अध्ययन, काम र प्रेमलाई बाँड्ने सौभाग्य मिलेको थियो। तर त्यो प्रेम विवाहमा परिणत हुनसक्ने सम्भावना थिएन। जुन कुरा मैले मेरो प्रेम साहित्य “प्रियसी” मार्फत मेरा पाठक सामु बाँडेको छु।

सन् २०२३ को अन्त्यतिर जब उसले मेरो एउटा पोस्टमा “किप इट अप” भन्ने कमेन्ट गरी मेरो मन खुसीले प्रफुलित भयो। किनकि त्यो भन्दा अघि मैले उसलाई धेरैपटक Friends Request पठाउँदै एक्सेप्ट नभएपछि क्यान्सिल गरेको थिए। उसलाई म त्यतिबेला वा त्योभन्दा पछि पनि प्रेमिल भावनाद्वारा हेर्दैन थिए। कारण हाम्रो कर्मको फिल्ड एउटै थियो । म बेलाबेलामा लेख लेखिरहन्थे। म एउटा प्रेसमा लामो समयसम्म व्यवस्थापकको भूमिकामा काम गरेको थिए। उसको सम्पर्कबाट मलाई मेरो लेखन यात्रामा केही सूचना पाउन सकिन्छ कि भन्ने हेतुले म उसँग जोडिन चाहन्थे तर त्यो सपना सन् २०२३ को अन्ततिर पूरा भएको थियो।
सन् २४ को जनवरी १५ तिर अचानक उसको प्रोफाइल तस्बिरमा मेरो नजर गयो खोलेर उसको तस्बिर नियालेर हेरे। उसका अनेक पोस्ट र फोटाहरु हेर्दै गए। कुन्नी के भएर हो कसैको फोटो वा पोस्टलाई त्यति लामो समय सम्म त्यसरी हेरेको त्यो नै मेरो जीवनको पहिलो क्षण थियो । अक्सर समय अभाव वा अरु नै कारणले गर्दा म कसैको व्यक्तिगत कुरामा आफ्नो समय खर्चिदैन तर ऊ मलाई किन किन राम्रो लाग्दै गई थाहा भएन। मनमा उसका प्रति एक किसिमको सम्मान र माया मिश्रित भावना आउन थाले अनि उसँग बोल्न र दूरी नजिक गराउन मन लागेर आयो अनि उसको डे स्टोरीमा कमेन्ट गर्न थाले।“के खाएर मानिस यति राम्रा हुन्छन् ? looking beautiful, nice “ यस्तै यस्तै।

म मुलतः लजालु स्वभावको अन्तरमुखी मान्छे अक्सर मलाई प्रेमको कुरा गर्न त्यति आउँदैन फेरि उसले के भन्ने हो भन्ने कुराको पनि डर लाग्छ । मेरो व्यवहारको कारणले गर्दा उसलाई म बाट गुमाउन नपरोस् भन्ने चाहनाले गर्दा म शब्द तौलेर बोल्ने गर्छु। मनमा शब्दका अनेक प्रेमिल भावना आउने गर्दछ तर मेरो भावनाको कारणले गर्दा उसलाई चोट नपुगोस् भन्ने चाहन्छु। म एकोरो उसको प्रेममा डुब्न चाहन्छु। तर मेरो व्यवहारको कारणले गर्दा उसलाई मबाट अलग गराउन चाहन्न।

मेरो पनि खुसीको क्षण आएको थियो। १६ श्राद्ध चलेको बेला विवाहमा खिचिएको एउटा भिडियो फुटेजमा उसले कमेन्ट गर्दै लेखेकी थिई । “१६ श्राद्धमा पनि विवाह हुन्छ र?” म खुसीले प्रफुल्लित भएको थिए। उसले पनि मेरो डे स्टोरीको फुटेजमा कमेन्ट गरी भनेर। मनमा अनेक भावना आएका थिए के लेख्ने भनेर तर सम्हालिँदै भने –“यो पहिला लिएको भिडियो हो। यत्तिकै राखेको।” ऊ निकै सुन्दर र संस्कारिक लाग्छ मलाई। थाहा छैन उसले कुनै व्यक्तिलाई आफ्नो मनमा सजाएर राखेकी छे वा छैने? यद्यपि म उसलाई बेहिसाब प्रेम गर्न चाहन्छु। यो जन्ममा मात्र नभएर यदि मानिसको रूपमा मेरो र उसको अर्को जन्म भएमा पनि ! उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। कुन शब्द खर्चेर उसको बयान गरू दुविधामा छु।

जन्म, मृत्यु र विवाह लेखेर आएको हुन्छ भन्छन्। म आध्यात्मिक मानिस भएको हुँदा यो कुरामा वैज्ञानिक सत्यता भएको पाउँछु। मेरो भावनालाई उसले बुझेर म सँग जीवन बिताउन उसले आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गरे मात्र पनि म आफूलाई भाग्यमानी ठान्नेछु। ऊ मेरो लागि सबैथोक हो। म आफूलाई मेटाएर उसलाई खुसी दिन चाहन्छु। मसँग भौतिक रुपमा उसलाई चाहेको सुख दिन सक्ने सामर्थ्य र ल्याकत छ। उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। उसको कल्पनाले मात्र पनि मलाई धेरै आनन्द दिन्छ। उसँग बोल्न र घन्टौ कुरा गर्न मन छ तर त्यो गर्न सक्ने म सँग साहस छैन। उसले के भन्दी हो, के सम्झेर मसँग यस्तो कुरा गर्छ भन्ने सोच्छे कि भन्ने डर लाग्छ । उसको नबोल्ने तस्बिर र टिकटकको भिडियो हेरेर चित्त बुझाउँछु। हजारौं पटक उसको फेसबुक प्रोफाइल र टिकटक प्रोफाइल खोलेर उसको भिडियो हेर्दै दिनमा एक दुई चोटी लाइक र कमेन्ट गर्दै मेरो समय व्यतीत हुन्छ आजभोलि। तर मेरो व्यवहारको कारणले उसलाई म बाट गुमाउन चाहन्न डियर पाठक।

लेखकः लक्ष्मण शर्मा
घोराही उपमहानगरपालिका–२ रामपुर, दाङ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="