after_navbar

पहिरोले कर्णाली करिडोर अवरुद्द


घण्टा अगाडि


कालीकोट,२८ जेठ । लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक भासिएर कर्णाली नदीतर्फ खसेपछि सडकका पर्खाल, ग्याबिन जाली लगायत संरचनामा क्षति पुगेको छ। अवरुद्धताका कारण यात्रु तथा मालवाहक सवारी साधन बाटोमै रोकिएका छन्।
यसले दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामी ओसारपसार तथा स्थानीय जनजीवनमा प्रत्यक्ष असर पारेको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार सडक खुलाउन स्काभेटर परिचालन गरी मर्मत कार्य भइरहेको छ। तर लगातारको वर्षाका कारण सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="