after_navbar

बर्डफ्लु नियन्त्रणका लागि सरकारको आकस्मिक अभियान


जेठ २६, २०८३


काठमाडौ,२६ जेठ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार रोग पुष्टि भएका १० जिल्लामा हालसम्म ७२ वटा फार्मका करिब ५ लाख १५ हजार पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएको छ। प्रभावितमध्ये लेयर्स र स्थानीय कुखुरामा बढी समस्या देखिएको छ।

द्रुत कार्य टोलीमार्फत करिब ७ लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरिएको छ। केही साताअघि झापा, मोरङ र सुनसरीबाट सुरु भएको संक्रमण महोत्तरी, बारा, चितवन हुँदै काठमाण्डौ, भक्तपुर र ललितपुरसम्म फैलिएको छ भने पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाण्डौ उपत्यका अझै जोखिममा रहेको छ।

संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका सबै पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार प्रभावित किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत दिने प्रावधान रहेको छ। लागत निर्धारण भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="