after_navbar

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै


जेठ २८, २०८१


कास्की,२८ जेठ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छ्न। उनले आज दिउसो विश्वासको मत लिने भएका हुन् ।

ad


विश्वासको मत लिने भएपछि कांग्रेस सांसदलाई आइतबारदेखि नै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य दल र सांसदसँग छलफल गरिरहेका छन् । राप्रपा र अन्य सांसदसँग पनि त्यहींबाट संवाद गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका सांसद र अध्यक्ष डा। बाबुराम भट्टराई र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०सँग काठमाडौंमा विश्वासको मतबारे सहमति गरेर मुख्यमन्त्री पाण्डे पोखरा फर्केको नेताहरुको दाबी छ ।

जेठ २५ गते काठमाडौंबाट फर्केलगत्तै मुख्यमन्त्री पाण्डेले २८ गते ३ बजे विश्वासको मत लिने जानकारी संसदलाई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="