काठमाडौं,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित उनकी पत्नी राधिका शाक्यले उक्त रिट निवेदन दर्ता गराएकी हुन्।
सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार आइतबार शाक्य आफैं अदालत पुगेर ओलीलाई तत्काल थुनामुक्त गर्न माग गरेकी छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि शनिबार बिहान भक्तपुरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस