after_navbar

रोल्पामा जिप दुर्घटना हुँदा ९ जना घाइते


५ मिनेट अगाडि


दाङ,१९ साउन । रोल्पामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका-५ मा जिप दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गंगादेव गाउँपालिका-१ भुर्तिबाट तुलसीपुरतर्फ जादै गरेको लु १ ज १७४३ नम्बरको जिप आज हान्जाबाङमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा सहचालकसहित ९ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ४१ वर्षीय धर्मराज डाँगी ,७७ वर्षीय सपुरी डाँगी, २३ वर्षीय पलबहादुर घर्तीमगर , २८ वर्षीय मनिका डाँगी र उनका ४ वर्षीय छोरा प्रदीप डाँगी रहेका छन्।

यस्तै २५ वर्षीय पृथ्बी पुनमगर , २८ वर्षीय हरि वली (र भारत मोतिहारी घर भई कवाडी संकलन गर्ने २५ वर्षीय सन्तोष सहनी पनि घाइते भएका छन्।

घाइतेमध्ये सहचालक २४ वर्षका चित्रराम वलीको भित्री चोट लागेकाले अवस्था गम्भीर रहेको छ भने पृथ्बी पुनमगरको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई प्राथमिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। चालक दिलकुमार वली भने सकुशल रहेका छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="