after_navbar

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालक घाइते


असार ०२, २०८२


दाङ,२ असार ।दाङ तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन ।आइतबार राती ९ बजे तुलसीपुर उपमहानगरपालिका–६, गाइडरस्थित हात्तिखौवा चोकमा ट्याक्टरले ठक्कर दिदा बालक घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार राप्ति बबई क्याम्पसतर्फ जाँदै गरेको रा १ त ४०९६ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका बालकलाई ठक्कर दिएको थियो।

ठक्करबाट सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६, गाइडरमा फुपु सबिना केसी बस्नेतसँग कोठा भाडामा बस्दै आएका ७ वर्षीय एलमान केसी घाइते भएका हुन्।

टाउकोमा चोट लागेका बालक केसीलाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

प्रहरीले ट्याक्टर चालक तुलसीपुर उपमहानगरपालिका–३, दमारगाउँ निवासी ४० वर्षीय वीरबहादुर डाँगीलाई उनको घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="