दाङ, २ असार । दाङको घुसेरीमा आइतबारराती आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ स्थित घुसेरीमा भीषण आगलागी हुँदा गोठमा रहेका पशुजन्य सम्पत्ति जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
स्थानीय सागर पौडेलको गाईभैंसी बाँध्ने टिनले छाइएको दुईतले कच्ची गोठमा राति करिब साढे ११ अचानक आगलागी भएको थियो।
आगलागी हुँदा गोठमा रहेका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका छन्। साथै, एक भैंसी घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमान्डमा खटिएको चार सदस्यीय प्रहरी टोली, दमकल तथा स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको थियो।
आगो सोमबार बिहान साढे २ बजे नियन्त्रणमा आएको थियो
मानविय क्षति भने नभएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस