after_navbar

तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप


असार २०, २०८२


धनुषा । धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।  झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

ad

गोबराही क्षेत्रमा  अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले एउटा मोटरसाइकल फेला पारेको थियो ।

नजिकै रहेको टहरोमा पनि खोजतलास गर्ने क्रममा अन्दाजी झन्डै डेढ सय जना तस्कर समूहले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकरी दिए  ।

सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र चार राउण्ड हवाई फायर समेत गरेको थियो । घाइतेमध्ये तीन जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="