दाङ,१६ चैत । साथीको जन्मदिन मनाउन गएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। १४ वर्षीया अनु खत्री बबई गाउँपालिका–३ सल्लीकोट निवासी हुन्। उनी चैत १२ गते घरबाट निस्केकी थिइन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनको शव सोही वडाको भ्यूटावर नजिकैको वन क्षेत्रमा सोमबार बिहान फेला परेको हो। प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बिहान करिब १० बजे शव फेला पारिएको हो।
शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस